अमेरिकी निर्वाचनमा बमको धम्की : खराब मौसमले केही स्थानमा मतदानमा समस्या

न्यूयोर्क, कार्तिक २१ । अमेरिकी राष्ट्रपति पदका लागि जारी मतदानमा पूर्वी भागमा धेरै जसो मतदान सकिएका छन्। केही स्थानमा पानी र बम आक्रमणको त्रासदीको बिचमा पनि मतदान भइरहेको छ। प्रमुख ब्याटल ग्राउन्ड जर्जियामा भर्खरै मतदान सकिएको छ।

मिचिगन र जर्जियामा केही मतदान केन्द्रहरूमा बम पड्काउने धम्की पनि आएको जनाइएको छ। अमेरिकी गुप्तचर संस्था एफबिआईले जनाए अनुसार धम्की आउने मेलको स्थान ट्रयाक गर्दा रुस भएको थाहा भएको छ। विन्सकिन्सनमा पनि यसरी बम पड्काउने धम्की आएको थियो। यो धम्की एरिजोनामा पनि नआएको होइन।

लुसियानामा मौसमले निर्वाचनलाई असर गरेको थियो। कोलोराडो र मोनटाओमा पनि मौसमले प्रभावित छ। अमेरिकामा मंगलबार भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ।

पश्चिम भर्जिनियामा भर्खर आएको परिणाममा डोनाल्ड ट्रम्पले जित हात पारेका छन्। अहिलेसम्म भएको मत गणनाको आधारमा ट्रम्पले २३ इलेक्ट्रोल मत तथा कमला ह्यारिसले ३ मत पाएका छन्। इन्डियाना पश्चिम भर्जिनिया र केन्टुकीमा रिपब्लिकले सफलता पाएको हो भने भर्मोन्टमा डेमोक्र्याटले सफलता पाएको छ।

अहिलेसम्म ओहियो र उत्तर क्यारोलिनमा मतदान सकिएको छ भने जर्जियमा बम पड्काउने धम्कीका कारण मतदानको समय लम्ब्याइएको छ।

अहिलेसम्म कुल १६ राज्यमा मतदान सकिएको छ। पेनेसेल्भिनिया, विन्सकिन्सन,एरिजोना, मिचिगनमा भर्खरै मतदान सकिएको छ। एजेन्सी

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.