रत्ननगर, असाेज १५ । पूर्वी चितवनको रत्ननगरमा मंगलबार आयोजना गरिएको स्वास्थ्य शिविरमा ३२२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा बृद्धबृद्धा तथा परम आनन्द हरिर्कितन समुह ज्येष्ठ नागरिक केन्द्रित स्वास्थ्य शिविर आयोजना गरेको हो ।
बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी सहित विशेषज्ञहरुको टोलीले सुगर र प्रेसरका १२७ जना र आँखा १९५ जना गरी ३२२ जनाको उपचार गरिएको समुहका सचिव रामहरि लम्सालले जानकारी दिनुभयो ।
शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि र चस्मा वितरण गरिएको लम्सालले जानकारी दिए ।
उद्घाटन कार्यक्रम समुहका कार्यबहाक अध्यक्ष तन्द्रकान्त ओझाको अध्यक्षतामा भएको थियो ।
रत्ननगर नगरनगरपालिकामा मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा उपमेयर यादव प्रसाद पाठक, वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
शिविरमा पुस्पाञ्जली अस्पताल, भरतपुर आँखा अस्पताल, सपोर्ट एण्ड केयर र ब्लड केयर डाइनोसिष्टको सहयोग रहेका थिए ।
कार्यक्रममा वडा स्तरीय ज्येष्ठ नागरिक समितिका संयोजकहरुलाई सम्मान गरिएको थियो ।
यसैबीच समुहको आयोजनामा बाद्यबादन तालिम समेत सुरु गरिएको छ ।
तालिमको मेयर सापकोटाले उद्घाटन गरेका थिए । धर्मसंस्कृतिको संरक्षणको लागि आयोजना गरिएको तालिममा रत्ननगरका १६ वटा वडाका ३२ जनाको सहभागी छन् ।