सेवा नेपालको अध्यक्षमा टीकाकुमारी अधिकारी चयन

रत्ननगर, असाेज १४ । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)को अध्यक्षमा टीका कुमारी अधिकारी चयन भएकी छन् ।

गैंडाकोटमा आयोजना गरिएको संस्थाको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गोमा अधिकारी, सचिवमा शैलजा घिमिरे पौडेल, कोषाध्यक्षमा इन्दिरा वाग्ले, सहसचिवमा तुलसी थापा र सदस्यहरुमा कल्पना रिमाल, इन्द्रकुमारी भूषाल, चन्द्राकला अधिकारी, शारदा केसी रायमाझी, चनवती श्रेष्ठ, रेखा सुनार चयन भएका छन् ।

सेवा नेपालको संस्थापक अध्यक्षमा निर्वतमान अध्यक्ष पार्वती न्यौपाने रहेकी छन् ।

सेवा नेपालको कार्यक्षेत्र छ वटा प्रदेशको प्रतिनिधित्व हुने गरी सर्वसम्मत रुपमा समिति चयन गरिएको सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले बताइन् ।

उद्घाटन सत्र सकिएपछि सुरु भएको बन्दसत्रले प्रगति, आर्थिक र सेवा नेपालकी दीर्घकालिन रणनीतिक योजना पारित गर्दैै नयाँ समिति चयन गरेको हो ।

हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक तीर्थराज रेग्मी, कार्यक्रम निर्देशक सविना प्रधान, कार्यक्रम प्रबन्धक कृष्ण कट्टेल, प्रशासन तथा वित्तीय अधिकृत श्रीकुमार श्रेष्ठको उपस्थितिमा सर्वसम्मत नयाँ समिति गठन गरिएको हो ।

नयाँ समितिलाई पद तथा गोपनीयताको सपथप्रहणसंगै निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

सो अबसरमा सेवा नेपालकी संस्थापक अध्यक्ष न्यौपानेले संस्थाको दीर्घकालिन रणनीतिक योजना कार्यान्वयन, संस्थागत विकास र सामाजिक उद्यमी सहकारीहरुको विकासमा सक्रिय भएर भूमिका निभाउने बताइन ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले सामाजिक उद्यमी महिला सहकारीहरुको संस्थागत विकास र सेवा नेपालको लक्ष्य, उद्देश्य, परिकल्पना पुरा गर्दै रणनीतिक योजना कार्यान्वयनमा ध्यान केन्द्रीत गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.