शृङ्खलामा इंग्ल्यान्डको कम ब्याकः अस्ट्रेलिया ४६ रनले पराजित

लण्डन, असोज ९ । इंग्ल्यान्डले अस्ट्रेलियासँगको शृङ्खला जीवित नै राखेको छ। मंगलबार चेस्टर ली स्ट्रिटमा भएको खेलमा डर्क वर्थ लुइसको आधारमा इंग्ल्यान्ड ४६ रनले विजयी भएको हो। अस्ट्रेलिया शृङ्खलामा २-१ ले अघि छ।

३०५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३७.४ ओभरमा ४ विकेट गुमाउँदै २५४ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो।

खेल रोकिँदा इंग्ल्यान्डका हेरी ब्रक ११० तथा लियाम लिभिङस्टोन ३२ रनमा अविजित थिए। ११ रनमा २ विकेट गुमाएको घरेलु टोलीलाई जितसम्म लैजाने काम ब्रक र फिल ज्याकबिच तेस्रो विकेटका लागि भएको १५६ रनको साझेदारीले गरेको थियो।

२८ औं ओभरको चौथो बलमा क्यामरुन ग्रिनको बलमा आउट हुनु अघि ज्याकले ८२ बलमा ८४ रन जोडेका थिए। ब्रक सो खलको म्यान अफ द म्याच भए।

खराब सुरुवात गरेको इंग्ल्यान्डका फिल साल्ट शून्य तथा बेन डकेट ८ रनमा आउट भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतीमा ३०४ रन जोडेको थियो। अस्ट्रेलियाका एलेक्स क्यारीले अविजित रहँदै ७७ रन जोडे। स्टेभन स्मिथलाई ६० रनमा पाँचौँ विकेटको रूपमा गुमाउँदा अस्ट्रेलियाले ३४.३ ओभरमा १७२ रन जोडेको थियो। धिमा गतिमा खेलेका स्मिथले ८२ बलको सामना गरेका थिए। स्मिथ आउट भएपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल र एरोन हार्डीले तीव्र गतिमा रन बटुलेका थिए।

म्याक्सवेलले २५ बलमा ३० रन बनाए भने हार्डीले २६ बलमा ४४ रन बटुले। क्यारीले पनि पारी अन्त्यमा विस्फोटक भएका हुन्। उनले कुल ६५ बलको सामना गरे।

इंग्ल्यान्डका जोफ्रा आर्चरले २ विकेट लिए। पावर प्लेमा सम्हालिएका इंग्ल्यान्डका बलर त्यसपछि कमजोर देखिएका थिए। एजेन्सी

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.