रत्ननगर, फागुन १६ । चितवनको कालिका-६ मा रहेको सिद्धिबिनायक सेकेन्डरी स्कुलमा महाशिवरात्री स्काउट क्याम्प तथा दिक्षान्त समारोह कार्यक्रम भएको छ ।
विद्यालयका डाईरेक्टर तथा स्काउटका शिक्षक लिला बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि रेग्मीले स्काउटका विद्यार्थीहरुलाई दिक्षान्त गराएका थिए । कार्यक्रममा उनले कालिकाका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरुमा स्काउट
शिक्षा आवश्यक रहेकोले सोका लागि बजेट विनियोजन गरी कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै विद्यालयका प्राचार्य बिष्णुमणी लामिछानेले स्काउटले आगामी दिनमा गुणात्मक रुपमा कार्य अगाडी बढाउँदै कालिकालाई स्काउटमय बनाउने विश्वास व्यक्त गरे ।
स्काउटको दिक्षान्त समारोह कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्यङदान, बिद्यालय व्वस्थापन समितिका अध्यक्ष राम वहादुर लामिछाने, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सहप्राचार्य साजन थापा मगर लगाएतको सहभागिता रहेको थियो ।