रत्ननगर, माघ २५ । सौराहाको सुस्ताएको पर्यटन क्षेत्रलाई गति दिन रत्ननगर नगरपालिका वडा नं. ६ बछौलीमा रहेको बछौली मा.वि का विधाार्थीहरुले शनिबार नेपाली मौलिक खानाको प्रदर्शनी गर्ने भएका छन ।
बिधार्थीहरुले मौलिक खानाका नयाँ स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएर खाना प्रदर्शनी गर्न लागिएको विधालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले बताए ।
बछौली माविमा अध्यनरत होटल म्यानेजमेन्टका बिधार्थीहरुले नेपाली मौलिक खानाका परिकारहरुको प्रदर्शनी गर्ने भएका हुन । करिब ५ ओटा स्टलमा विभिन्न जातजातिकाका २० प्रकारका रैथाने खाना प्रदर्शनीमा राखिने बिधालय व्यवस्थापन समितिका अध्यक्ष राममणी खनालले बताए ।
उक्त खाना प्रदर्शनीको उद्घाटनका लागि बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी आउने कार्यक्रम तय भएको खनालले बताए । सो प्रदर्शनी शनिबार दिउसो १ बजेबाट विधालय परिसरमा हुनेछ ।