माघ ९ । खेलको ६५ मिनेटमा १० खेलाडीमा सीमित एट्लेटिको म्याड्रिडले वायर लिभरकुसेनसँगको खेलमा संघषपूर्ण जित हात पारेको छ। यो २-१ को जितसँगै उसले युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।
एट्लेटिकोका लागि म्यानचेस्टर सिटीका पूर्व खेलाडी जुलियन अल्भारेजले दुई गोल गरे। २५ औँ मिनेटमा पाल्बो मोसिरसले रातो कार्ड पाए पछि एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो।
पहिलो हाफको इन्जुरी समयमा मुकियलाको क्रसमा पियरे हिन्कापीले हेड गोल गर्दै लिभरपुकसेनलाई पहिलो अग्रता दिलाएका थिए। खेलको ५३ औँ मिनेटमा अल्भारेजले बराबरी गोल गरे भने खेलको अन्तिम समय ९० औं मिनेटमा विजयी गोल गरेका हुन्। म्याड्रिडको १५ अङ्क छ। लिभरकुसेन १३ अङ्कसहित छैटौँ स्थानमा छ। एजेन्सी
Facebook Comments Box