काठमाडौँ, माघ ६ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।
आज कोशी प्रदेशको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमामा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमाको मौसम पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली रहने सम्भावना रहेको छ ।