रत्ननगर, पुस २६ । राप्ती वडा नं ७ स्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव मनाउने भएको छ ।
विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बार्षिकोत्सवको तयारी र सोही अबसरमा गर्ने कामहरुको विबरण सार्वजनिक गरेको हो ।
बार्षिकोत्सवको अबसरमा आयोजित औपचारिक कार्यक्रममा शैक्षिक तथा शिक्षण सिकाइमा गरेका कामहरु सार्वजनिकीरण, ऐतिहासिक म्मारिका प्रकाशन, वि.स. २०४६ पछिका व्यवस्थापन समिति सदस्य, उत्कृष्ट शिक्षक कर्मचारी तथा विद्यालयवाट अध्ययन पुरा गरि सरकारी वा गैह्र सरकारी क्षेत्रमा अधिकृतस्तर भन्दा माथिल्लो पेसामा कार्यरत पूर्वविद्यार्थीलाई सम्मान, एल्मुनाइ, समाजसेवी, बुद्धिजिवि, शुभचिन्तक सहयोगमा वार्षिकोत्सवको दिनमा स्कुल बस सञ्चालनमा ल्याउने विद्यालयका अध्यक्ष घनश्याम कँडेलले जानकारी दिए ।
माघ २९ र ३० गते स्वास्थ्य शिविर तथा फागुन १ गते बार्षिकोत्सवको आपचारिक कार्यक्रम हुने अध्यक्ष कँडेलले जानकारी दिए ।
बार्षिकोत्सव सम्पन्न गर्न विद्यालयका अध्यक्ष कँडेल अध्यक्षतामा १५१ सदस्यीय मुल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।
सो विद्यालयले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ल्यापटप र प्रोजेक्टरबाट प्रविधिमैत्रि सिकाई, विज्ञान प्रयोगशाला, म्याथ ल्याब, स्मार्ट बोर्डको प्रयोग, वडा–पत्र सार्वजनिकिकरण, सुचना पाटीको प्रयोग, आचारसंहिताको कार्यान्वयन, वार्षिक क्यालेण्डरमा आधारित योजना सहितको पठनपाठन, विद्यार्थीमा लगबुकको प्रयोग, ग्रेडिङ प्रणालीको सुरुवात गरेको विद्यालयका अध्यक्ष कँडेलले जानकारी दिए ।
कक्षा शिशुदेखि १२ सम्म पढाई हुने सो बीरेन्द्र आर्दशलाई पूर्वी चितवनको प्रविधियुक्त शैक्षिक हवको रुपमा विकास गर्ने, विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याउने भावि योजना रहेको विद्यालयका प्रधानाध्यापक सोमनाथ तिवारीले बताए ।
वि.सं.२०१९ सालमा राष्ट्रिय प्राईमरी स्कुलको रुपमा स्थापना भएको सो विद्यालय वि.सं. २०२३ सालमा वीरेन्द्र आदर्श शिक्षा मन्दिर, वि.स.२०२८ सालमा निमावि, वि.स. २०२९ सालमा माध्यमिक र २०६७ मा कक्षा ११ र १२ विज्ञान र व्यवस्थापन विषयका कक्षाहरु सञ्चालन, वि.स. २०७६ मा वागमती प्रदेश सरकारबाट नमुना माध्यमिक विद्यालयमा छनौट तथा विद्यालय अन्तराष्ट्रिय स्तरमा समेत गुणस्तर प्राप्तीको शैक्षिक हवको रुपमा परिचित गराउन हाल आइएसओ अग्रसर भएको छ ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष सुमिता डल्लाकोटी सहित विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षकहरु उपस्थित थिए ।