रत्ननगर, पुस २५ । पूर्वी चितवनको कालिका नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ । केही दिनयता सीतलहरका कारण चिसो बढेपछि विद्यालयहरुमा जाडो विदा दिएको छ।
नगरपालिकाले पुस २५ गतेदेखि माघ २ गतेसम्म नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय एक हप्ता विदा दिएको छ । पछिल्लो समय जाडो बढे पछि पठन पाठनमा समस्या भएको भन्दै बुधवार एक सुचना सार्वजनिक गर्दै नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएको हो ।
अहिले बिहानको समयमा बाक्लो हुस्सु सँगै शितलहर भईरहेको छ भने चिसो हावा सँगै दिउँसोको समयमा पनि घाँम नलाग्दा विद्यालयका बालबालिकाहरु प्रभावित भईरहेकाले एक हप्ता विदा दिएको नगर शिक्षा शाखा प्रमुख गंगाधर रिमालद्वारा सार्वजनिक गरिएको सुचनामा जनाईएकोछ ।
Facebook Comments Box