खैरहनी, पुस १७ । तेस्रो खैरहनी महोत्सव आज सकिदैछ । पूर्व घाेषित तालिका अनुसार मंगलबार सकिनु पर्ने महोत्सव आजलाई एक दिन थप गरिएको हो ।
महोत्सवका संयोजक एवं उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालका अनुसार दर्शकको माग र अङ्ग्रेजी नयाँ बर्षलाई मध्यनजर गर्दै एक दिन महोत्सवको समय थपिएको हो ।
खैरहनी महोत्सव पुस ५ गतेदेखि सुरु भएको हो । थपिएको समय आजका लागि भने दर्शकले नि:शुल्क प्रवेश गर्न पाउने ब्यबस्था गरिएको छ । अन्य दिन ८० रुपैयाँ टिकट शुल्क रहेकोमा अन्तिम दिन अवलोकनकर्ताले बिना टिकट निशुल्क प्रबेश गर्न पाउने महोत्सव संयोजक खनालले जानकारी दिए ।
महोत्सवको समापन बागमती प्रदेश सभा सदस्य एवं पूर्व अर्थमन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा हुने संयोजक खनालले बताए ।
Facebook Comments Box