By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Facebook Twitter Youtube Telegram
Sign In
न्यूज रत्ननगर
  • होम पेज
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्थानीय
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • बिज्ञान प्रबिधि
  • अन्य
    • राशिफल
न्यूज रत्ननगरन्यूज रत्ननगर
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • शिक्षा
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
न्यूज रत्ननगर > समाचार > अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा

अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा

न्यूज रत्ननगर
न्यूज रत्ननगर
२१ बैशाख २०८१, शुक्रबार ०६:१९

हिजो दिउँसो ४ बजेदेखि समस्या देखिएको इन्टरनेट सेवा रातिदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध भएकाे झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्न थालेको हो ।

इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध हुने गरी कुनै कार्य नगर्न/नगराउन सेवा प्रदायक निकायहरूलाई आग्रह गरेको थियो । त्यसलगत्तै इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।

भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि हिजो केहीबेर इन्टरनेट काटिएको वर्ल्डलिङ्कले जनाएको छ ।

नेपालका कम्पनीहरूले एअरटेललाई तीन अर्ब रुपैयाँ तिर्न बाँकी छ तर विभिन्न बक्यौता नतिरेको भन्दै सरकारले विदेशी मुद्राको सिफारिस गरिदिन अस्वीकार गर्दै आएको छ । सरकारले बाँकी रहेको झन्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता तिरेमात्रै विदेशी मुद्राको सिफारिस गरिदिने अडान लिएको छ । तर इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आईस्पानले भने सरकारले गैरकानुनी रूपले बक्यौता रकम तोकेको भन्दै आफूहरूले बक्यौता तिर्न नै बाँकी नभएको दाबी गर्छन् ।

सरकार र निजी कम्पनीको विवादका कारण भारतमा भुक्तानी हुन नसक्दा वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको नेटवर्कमा समस्या देखिएको हो । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले एअरटेल, टाटा लगायतका भारतीय कम्पनीहरूलाई एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् ।

सञ्चार मन्त्रालयले हिजो विज्ञप्ति निकालेर नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकहरूले ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा सेवा अवरुद्ध भएको भनी प्रकाशित समाचारप्रति आफूहरूकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका एक सय २२ वटा इन्टरनेट सेवा प्रदायक र २३ वटा नेटवर्क सेवा प्रदायकमध्ये केही इन्टरनेट सेवा प्रदायकबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले नियमअनुसार बुझाउनुपर्ने शुल्क बुझाएको र शुल्क बुझाउने सेवा प्रदायकको विदेशी मुद्रा सटही सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित रूपमा सिफारिस भइरहेको छ ।

Facebook Comments Box
आज सरस्वती पुजा
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै
रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह
रत्ननगर उवासंघमा व्यक्तिगत सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार : अर्थमन्त्री

१० बैशाख २०८२, बुधबार २२:०६

पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त

१० बैशाख २०८२, बुधबार २२:०२

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

६ बैशाख २०८२, शनिबार ०६:०३

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल

६ बैशाख २०८२, शनिबार ०६:००

वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक चित्रकाला र बक्तृत्वकाला प्रतियोगिता

५ बैशाख २०८२, शुक्रबार १८:५१

हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै

५ बैशाख २०८२, शुक्रबार १८:३८

वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर

४ बैशाख २०८२, बिहीबार १६:३०

३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ

४ बैशाख २०८२, बिहीबार १६:०४

हाम्रो बारेमा

सवल मिडिया प्रा.लि द्धारा सञ्चालित
  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष :
  • प्रवन्धक/सम्पादक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना:

  • ठेगाना :
  • फोन :
  • इमेल :
© 2023 सर्बाधिकार सुरक्षित | Site By : Site By : ई-साथी (9855049673)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?